काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुने बताएका छन्। काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा शनिबार गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरे। उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आमनागरिकको सक्रियता जरुरी […]