जलेबीको रंग

“लङलती हो। बडा मीठो हुन्छ, खुवाले बनेको,” सिरहाका समाजसेवी अशोक यादव जोड दिँदै हुनुहुन्थ्यो। सिरहा बजारमा भरपेट भोजन गरेको धेरै बेर भएको थिएन। आधा घण्टा-पैँतालीस मिनेटको एउटा बैठक सकेर बिदा हुन लाग्दा अशोकजीको मन मानेन। “गर्मी छ, बाटो लामो छ। दही खाएर जानु न,” मधेसको अतिथि सत्कारको मन नमानेकै बुझियो। उहाँले गाडीलाई सिरहाको गुलरियासम्म पुर्‍याउनुभयो। […]