भृकुटीमण्डपको दृश्य: मन्त्रीहरू मतदाता खोज्दै डुल्दा गगनलाई सेल्फी खिच्न भ्याइनभ्याइ !

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको अघिल्लो दिन कांग्रेस महाधिवेशन स्थलमा चहलपहल छ । कांग्रेसको १४ औं महाधिवेशनको तेस्रो दिन आइतवार आइपुग्दा उम्मेदवारी मनोनयन तथा उम्मेदवारी फिर्ताको समय सकिएर अन्तिम नामावली प्रकाशित भइसकेको छ । सोमवार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ । मतदानको अघिल्लो दिन भृकुटीमण्डपमा आफ्नो पक्षमा भोट माग्न पुराना नेतादेखि युवा नेतासम्म दुई हात जोडेर घुमिरहेको भेटिए । त्यसरी भोट माग्नेमा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर का...