चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो

नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ । यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ । आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।&nb

सम्बन्धित सामग्री

हरिबोधनी एकादशी : काठमाडौंसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चाँगुनारायणको मत्स्यनारायणमा ८० हजारले गरे दर्शन

यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ।...

आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

भक्तपुर : कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ। भक्तपुरको चाँगुनारायणसहित उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। आज भगवान् विष्णुको पूजाआजा तथा आराधना गर्न बिहानैदेखि नारायण मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ। असार शुक्ल एकादशी अर्थात्…

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ।  आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्