चीनले वेस्टर्न थिएटर कमान्डमा तैनाथ गर्‍यो रकेट लोन्चर, भारत हो लक्ष्य

चिनियाँ जनमुक्ति सेनाले वेस्टर्न थिएटर कमान्डमा रकेट लोन्चर र आर्टिलरी ब्रिगेड तैनाथ गरेको छ ।  सत्र हजार फीटको उचाइमा उक्त तैनाथी गरिएको हो ।    वेस्टर्न थिएटर कमान्ड भारत सीमामा पर्छ । पीएलए डेलीमा प्रकाशित पहिलो पृष्ठको लेखमा उक्त ब्रिगेड सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको उल्लेख छ तर ठ्याक्कै कुन ठाउँ हो भनी खुलाइएको छैन ।  उक्त क्षेत्र अग्लो र हिउँ भएको पहाडमा रहेको भनी मात्र लेखेको छ ।  गर्मी लाग्दै गएपछि पीएलएले सीमा बलहरूलाई बलियो बनाउँदै लगेको यसबाट देखिएको छ ।  ...