देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव …

माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी

विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौँ पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले […]

माओवादी केन्द्र कांग्रेसको पुच्छर : बादल

२५ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे । माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका नेता थापाले माओवादी केन्द्रका अध्यक्ष […]

माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा

जनकपुरधाम – नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनअन्तर्गत शनिबार उद्घाटन सत्र हुने जानकारी दिएको हो। उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन […]

प्रकाश रोकायाद्धारा माओवादी केन्द्र परित्याग

नेकपा (माओवादी केन्द्र)का तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।

सरकारले छिट्टै पूर्णता पाउँछ : माओवादी केन्द्र

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र )ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।  नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने...

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र पार्टीविरुद्ध उजुरी दिन नेताहरु निर्वाचन आयोगमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा लागेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै उजुरीका लागि उनीहरु अयोग पुगेका हुन्। माओवादी केन्द्र छाडेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरु आयोग पुगेका हुन्।