चितवन : दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न चितवन लगायत विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लगाइएको छ।निषेधाज्ञामा परेका नागरिकलाई २० प्रतिशत छुटमा खाद्य सामग्री उपलब्ध गराउने सरकारको निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पाेरेशन र खाद्य संस्थानले खाद्य सामग्री बिक्री वितरण गरिरहेका छन्।चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले २० प्रतिशत छुट दिएर चिनी, नुन, पिठो र भटमासको तेल बिक्री गरिरहेको छ। कर्पाेरेशनले जेठ २४ गतेदेखि नुन, पिठो र भटमासको तेल २० प्रतिशत छुटमा बिक्री गर्दै आ