नदीको तटीय क्षेत्रमा नजान रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले नदीको तटीय क्षेत्रमा नजान र नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । अविरल वर्षापछि रौतहटको प्रमुख नदीहरु बागमती, लालबकैया, झाझ, चाँदी लगायतमा बाढीको उच्च जोखिम बढेको कारण तटीय क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको हो ।मनसुन सक्रिय भई चुरे तथा पहाडी क्षेत्रमा अविरल वर्षाबाट वागमती, लालबकैया सहितको नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै स्थानीय प्रशासनले नदी तथा खोला किनारमा नजान सूचना जारी गरेको हो ।बाढी र डुबानबाट