सुरु भयो जनकपुर साहित्य उत्सव

पूर्वराष्ट्रपति डा. रामवरण यादवको ‘जनकपुर गाथा’सँगै जनकपुर साहित्य उत्सव– २०७९ को चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ । जानकी मन्दिर प्राङणमा आयोजित तीन दिवसीय उत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी छन् ।