ज्येष्ठ नागरिकका सकस

युवायुवतीको मनोरञ्जनका लागि फिल्म हल, डान्स बार, दोहोरी साँझ आदि छन् भने ज्येष्ठ नागरिकका लागि भजनकीर्तन हल,

सम्बन्धित सामग्री

हिमपात : जाजरकोटका भूकम्पपीडित समस्यामा‚ हिमाली जिल्लामा सकस

सुर्खेत : भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित चिसो बढिरहेका वेला हिमपात पनि हुँदा समस्यामा परेका छन् भने हिमपातले हिमाली जिल्लामा दैनिकी कठिन बनाएको छ।हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ। जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ।त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ। सबैभन्दा बढी ज्येष्ठ नागरिक , बालबालिका र सुत्केरीलाई समस्या भएको छ। भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएकामध्ये ५ वर्षमुनिका

‘तीनै तहका सरकारबीच समन्वय नहुँदा मानव बेचबिखन रोक्न सकस’

विराटनगर : तीनै तहका सरकारबीच समन्वय नहुँदा मानव बेचबिखन रोक्न सकस भएको सरोकारवालाहरुको बुझाई छ।विराटनगरमा आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रदेशस्तरीय अभियान तथा मानव बेचबिखन राष्ट्रिय निति र कार्ययोजनाको मस्यौदाउपर छलफल तथा परामर्श गोष्ठी कार्यक्रममा आ–आफ्नो  संस्थाको प्रस्तुती राख्दै उनीहरुले यस्तो बताएका हुन्।कार्यक्रममा नेपाल प्रहरी, सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संस्थाका प्रतिनिधि‚ कोशी प्रदेश सामाजिक व

घरमै वृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

सरकारले ज्येष्ठ नागरिकका लागि उपलब्ध गराउने भत्ता नगद वितरण गर्दा व्यापक दुरुपयोग भएपछि बैंकमार्फत भुक्तानी दिन सुरु गरियो । यसले दुरुपयोग त रोकियो तर वृद्धवृद्धाहरुले ठूलै सकस भोग्नु परिरहेको छ । गाउँदेखि बैंकसम्म धाउनै गाह्रो पुगेपछि पनि समयमै बैंकले रकम नदिंदा उनीहरुलाई निकै सकस हुने गरेको छ । यसबीचमा कतिपय पालिकाहरुले भने घरघरमै वृद्धभत्ता पुर्याउन …

पार्टीभन्दा माथि उठेर न्यायीक ढंगले सोच्न सरोकारवालालाई प्रहरीको आग्रह

विराटनगर : पीडितका साथै सरोकारवालाहरूले महिला तथा बालबालिकाका विषयमा रहेका कतिपय घटना नबुझिदिँदा अनुसन्धानमा प्रहरीलाई नै सकस हुने गरेको अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको गुनासो छ।नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जुनियर प्रहरी अधिकृतहरूलाई प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरमा ६ दिवसीय  लैंगिक संवेदनशील अनुसन्धान तथा सञ्चारका सिप तालिमको आयोजना गरिएको थियो।सोही तालिमको आज अन्तिम दिन (शुक्रबार) भएको अन्तरक्रियामा

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

महोत्तरी । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्ति सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपांगता भएकालाई अपांगता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको र कुनै पनि व्यक्तिको काम एक दिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उनले गुनासो गरिन् । बैंकले एक दिनमा २०/२५ जनालाई मात्रै भत्ता बाँड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुगेका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आए पनि पाउन नसकेको गुनासो गरे । घण्टौं लाइनमा बसे पनि काम नहुँदा रित्तै फर्किनुपरेको उनले सुनाए । रासस

सामाजिक सुरक्षा भत्ताका लागि यस्तो सकस

सरकारले ज्येष्ठ नागरिक तथा शारीरिक अपाङ्ता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । स्थानीय तहबाट वितरण हुँदैआएको सो भत्तामा अनियमितता भएपछि बैङ्कमार्फत भुक्तानी दिन थालिएपछि अर्को समस्या थपिएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता …

सरकारी अस्पतालको सेवा सुस्त, घण्टाै‌ लाइन बस्दा पनि टिकट पाउनै सकस (भिडियाे)

डोलराज रानाभाट चितवन । नारायणपुरबाट विहानै अस्पताल आईपुग्नु भएका चिनवहादुर देउजा टिकट काउण्टरको लाइन देखेरै आत्तिनुभयो । लामो समय लाइनमा उभिन नसकेपछि श्रीमतीलाई लाइन बस्न पठाउनुभयो । लामो लाईनमा उभिई सक्नु छैन् भने बस्ने ठाउँ पनि छैन् । उभिइरहनुपर्ने एकतातिरको वाध्यता अर्कोतर्फ ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि छुट्याइएको काउण्टर समेत बन्द छ । जसले […]

ज्येष्ठ नागरिकले पाएको अधिकार पनि लिन सकस

हाम्रो देशको कुल जनसंख्यामध्ये ज्येष्ठ नागरिक (६० वर्ष र माथि) कुल जनसंख्याको ८.१ प्रतिशत अर्थात् २१ लाख भन्दा माथि रहेको तथ्याङ्क छ भने यो समूहको जनसंख्या वृद्धिदर ३.३९ प्रतिशत रहेको पाइन्छ । यी संख्याका ज्येष्ठ नागरिकहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुधारु किसिमले बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका […]

धनकुटाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

साउन १८, धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँकी ७० वर्षीया ज्यानमाया राई सामाजिक सुरक्षा भत्ता बुझ्न नै लागि चार घण्टा पैदल हिँडेर धनकुटा बजार पुगिन्, भत्ता लिनका लागि कागजपत्र पुर्‍याउन उनलाई निकै सकस पयो । निकै सकस पछि मात्रै हातमा भत्ता परेको छ । बैंकमा खाता मिलाउन आएको बताउने राई आतेजाते गर्दा भत्ताबापतको आधा रकम खर्च हुने बताउँछिन् ।  धनकुटा बजारस्थित माछापुच्छ्रे बैंक पुगेका धनकुटा ५ का ८० वर्षीय धनबहादुर राईले भत्ता लिन असाध्यै सास्ती खेप्नुपरेको गुनासो गरे । यसअघि घर आँगनमै चौमासिक रुपमा भत्ता बुझ्दै आएका उनलाई बैंकबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । उनले भने, ‘चेकमा लेख्न लगाउने, बुढेसकालमा घण्टौं लाममा बस्नुपर्ने, हिँडेर थाकेको ज्यान निकै समस्या भयो ।’ उनले घण्टौं हिँडेर बैंकमा पुगे पनि प्रक्रिया मिलाउँदा दिन जाने गरेको गुनासो गरे । धनकुटा नगरपालिका–८ की ७२ वर्षीया हरिमाया आठपहरीयाले पनि ज्येष्ठ नागरिकले पाउन भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको बताइन् । भत्ता लिन धेरै समय खर्चनुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ‘पहिले घरमै दिन्थ्यो तर अहिले दुःख दियो’ उनले भनिन् ‘पहिले एकपटक बैंकबाट दिन थालेको भत्ता फेरि घरैमा दिन थालेको थियो अहिले फेरि झन्झट र समस्या भएको छ ।’ ज्यानमाया, धनबहादुर र हरिमाया जस्ता धैरे ज्येष्ठ नागरिकले वृद्धा भत्ता बुझ्न समस्या हुँदै आएको छ । धनकुटा जिल्लाका सयौं ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती छ । अझ धेरै भीड, लामो लाइनमा बस्नुपर्दा उनीहरुलाई कोरोना संक्रमणको निकै जोखिम बढेको छ । बैंकमा दैनिक १०० भन्दा बढी ज्येष्ठ नागरिकको भीड हुने गरेको छ । कोरोनाको रोकथामका लागि सरकारले भीडभाड कम गर्न भनिरहेको अवस्थामा भत्ता लिन बैंक नै पुग्नु परेपछि बैंकमा भीडभाड बढेको छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन शुरु गरेपछि ज्येष्ठ नागरिकहरुलाई सास्ती भएको हो । धनकुटा नगरपालिकामा भौगोलिक हिसाबले बजार भन्दा निकै टाढा रहेका भीरगाँउ, बेलहारा, टेकुनाला, सान्ताङ, याक्तेलगायतका ठाउँका ज्येष्ठ नागरिकले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नु परेको छ । कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर र्फकनु परेको अवस्था छ । उनीहरुले यसबाट छुटकारा दिलाइ दिन माग समेत गरेका छन् । यस्तै महालक्ष्मी नगरपालिकामा वडा नं. ४ र ५ बाहेक अरु ७ ओटा वडाका जेष्ठ नागरिकले भत्ता बुझ्न वडा नं. ७ को जितपुर पुग्न परेको छ । वडा नं. ४ र ५ को लागि वडा नं. ५ कै लेगुवा बजारमा रहेको बंैकबाट भत्ताको व्यवस्था गरिएको छ । ४ घण्टाको पैदल यात्रा गरेर पुगेका जेष्ठ नागरिकलाई एकातिर शरीरमा लागेको थकान र अर्कोतिर भीडभाड हुने भएकाले कोभिड–१९ को संक्रमणको त्रासले निकै सताइरहेको छ ।  देशका धेरै ठाउँमा सामाजिक सुरक्षा भत्ता वडाबाट दिँदा ज्येष्ठ नागरिकलाई सहज भए पनि कतिपय ठाउँमा अनियमितता भएपछि सरकारले त्यसलाई रोक्न बैकिङ प्रणाली शुरु गरेको हो । शारिरीक रुपमा अशक्त भएका ज्येष्ठ नागरिकले बैंकबाट भत्ता लिन कठिन भएको गुनासो गरेका छन् । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरुको माग छ । राज्यले हरेक कारोबारलाई बैंकिङ प्रणालीमा लैजाने नीति अनुरुप ज्येष्ठ नागरिकहरुले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि ज्येष्ठ नागरिकलाई भने सास्ती भएको छ ।  सामाजिक सुरक्षाको भत्ताका नाममा बैंकिङ प्रणालीले असुरक्षा भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । ८०–८५ वर्ष नाघेका ज्येष्ठ नागरिक तीन–चार घण्टाको यात्रा तयगरी भत्ता बुझ्नुपर्ने बाध्यतामा छन् । आगामी दिनको भत्ता वितरण वडा कार्यालयमै गर्दा राम्रो हुने ज्येष्ठ नागरिकहरूको भनाइ छ । बैंकमा आउन नसक्ने ज्येष्ठ नागरिक र क वर्गका अपांगताको लागि घरमै गएर खाता खोलेर सहजताका लागि गाउँमै गएर भत्ता वितरण शुरु भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । ‘सरकारी नीतिअनुसार सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता बैंकिङ प्रणालीबाट दिने व्यवस्था छ ।’ थापाले भने, ‘आर्थिक सुशासनका लागि बैंकिङ प्रणाली लागू गर्नैपर्छ ।’ विगतमा घरदैलोमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराए पनि सुरक्षाका कारण बैंकमा रकम जम्मा गरिएको धनकुटा नगरपालिकाका थापाको भनाइ छ ।  कतिपय ठाउँमा अनियमितता र असुरक्षा समेत भएकाले बैंकिङ प्रणाली अपनाइएको उनको भनाइ छ । बानी नबसेकाले ज्येष्ठ नागरिकले बैंकबाट भत्ता लिन सास्ती भएको बताए पनि केही समयपछि सहज हुने थापाको भनाइ छ । यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरीले पारदर्शिता र माथिल्लो निकायको नीतिका कारण बैंकबाट भत्ता वितरण थालिएको बताए । राज्यले हरेक कारोबारलाई बैंकिङ प्रणालीमा लैजान चाहेकोले हरेक नेपालीको बैंक खाता हुनुपर्ने तथा ज्येष्ठ नागरिकहरुले पनि बैंक खाताबाट नै पैसा निकाल्नु पर्ने उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धालाई सकस (फोटो फिचर)

सामाजिक सुरक्षाको रकम बुझ्न बैंक पुगेका जेष्ठ नागरिक, एकल महिला र अपाङ्ता भएका व्यक्तिहरु सास्ती भोग्न बाध्य भएका छन् । सिरहा नगरपालिकाले सामाजिक सुरक्षा अन्तर्गत ८ हजार जनालाई विभिन्न ७...