एन्फा खेलाडी संघद्वारा एनएनआईपीएलाई ज्ञापनपत्र

काठमाडौँ। अखिल नेपाल फुटबल खेलाडी संघले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)लाई ज्ञापनपत्र बुझाएका छन्। राष्ट्रिय फुटबल टिममा पछिल्लो समय घटेको घटनाको बारेमा छलफल गर्नको लागि ज्ञापनपत्र बुझाएका हुन्। संघका नवनिर्वाचित अध्यक्ष बिक्रम लामाले मंगलबार एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।