दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ । यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औसतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहे

सम्बन्धित सामग्री

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् ।

कोभिड महामारीका दौरान किमलाई ‘ज्वरो’, दक्षिणमाथि आरोप

किम जोङ उनलाई कोभिड–१९ महामारीका दौरान ‘ज्वरो’ आएको उनकी बहिनीले जानकारी दिएकी छन् । उनको भनाइले उत्तर कोरियाका नेता पनि कोरोना सङ्क्रमित बनेको सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ ।किम यो–जोङले आफ्नो देशमा कोभिड महामारी फैलिनुमा दक्षिण कोरिया जिम्मेवार रहेको आरोपसमेत लगाइन् । दक्षिणले कोभिडको भाइरस भएका पर्चाहरू आफ्नो देशमा पठाएको उनको आरोप थियो । दक्षिण कोरियाका अभियन्ताहरूले बेलुनको मद्दतले उत्तरमा पर्चा पठाउँदै आएका छन् । दक्षिणले भने सो आरोपको खण्डन गरेको छ ।किम जोङ

थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

काठमाण्डौ – सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् ।  कोरोना संक्रमण, रोकथाम तथा निय...