विश्व कप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

काठामाण्डाै – आईसीसी महिला टी–२० विश्व कप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बिहीवार बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक हप्ता तयारी गर्ने छ । बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ । नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छिन् । टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इ...

सम्बन्धित सामग्री

युएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ। नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोली मार्च तीन अर्थात् पर्सि (बिहीबार) श्रीलङ्का जानेछ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १३ तारिखमा युएई प्रस्थान गर्नेछ […]

त्रिकोणात्मक शृंखला सकेर क्रिकेट टोली स्वदेश फिर्ता(भिडिओ)

काठमाडौं । विश्व कप क्रिकेट लिग- दुई अन्तर्गत त्रिदेशीय शृंखलाका लागि ओमान भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान स्वदेश फर्किएको छ । प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम प्रतियोगिता खेल्न नेपाल ओमान गएको थियो । जहाँ पपुवा न्युगिनीविरुद्ध दुई अभ्यास खेल र त्रिदेशीय एकदिवसीय शृंखलामा चार खेल खेलेको नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय […]