छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपालिका-१२ स्थित सडकमा बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...