गुल्मीका स्थानीय सरकारले विकास निर्माणको क्रममा वन विनाश गरेको पाइएको छ । जिल्लामा ग्रामीण सडक निर्माण गर्ने क्रममा रुख कटानी बढेको हो । निर्माणको बेला वातावरणीय पक्षलाई समेत बेवास्ता गरेको देखिन्छ । योजनाको प्रभावबारे अध्ययनबिनै वन फँडानी गरेर सडक निर्माण गर्न थालेको स्थानीयको गुनासो छ ।