उपल्लो मुस्ताङवासी चिसो छल्न बेँसी झर्दै

मुस्ताङ : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक सुरु भएदेखि नै उनीहरू गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन्। वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुन थालेको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताइन्। यसरी निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिङ, माला, शिलाजितलगायतका सामग्री व्यापार गर्

सम्बन्धित सामग्री

सुनसान भयो सुन्दर मुस्ताङ

उपल्लो मुस्ताङका ल्होमन्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा चिसो छल्न बेँसी झरिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तल्लो भेक अन्तर्गत पर्ने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका क्षेत्रका पनि झन्डै आधा जनसङ्ख्या चिसो छल्न बेँसी झरिसकेको बताउनुभयो । अहिले उपल्लो मुस्ताङ क्षेत्रमा निश्चित मानिस मात्रै धेरै घरको रेखदेखका लागि बसेको उहाँको भनाइ छ ।

अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि सुनसान उपल्लो मुस्ताङ

पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताईन् […]