“स्थानकल्पनाले प्रेरित भएर हामीले आकाशमा ठाउँ बनाउँछौँ। एउटा ठाउँलाई विभिन्न स्वरूपमा ढाल्छौँ। कति गुल्जार ठाउँलाई छाड्छौँ र सुनसान बनाउँछौँ। सारमा, सबै ठाउँले हामीलाई सहेको हुन्छ।” – योगेश राज, २०७६। मान्छेका कथा लेख्नभन्दा ठाउँका कथा लेख्न गाह्रो भएरै होला, संसारभर ठाउँका कथा कम र मान्छेका धेरै भेटिन्छन्। ठाउँ बोल्दैन, आफ्नो कुरा भन्दैन भन्ने ठानेर नै मान्छेले […]
काठमाडौं। चीन र अमेरिकाबीच मलेसियामा आर्थिक व्यापारिक छलफलको आयोजना हुने भएको छ। चीन-अमेरिका दुवै पक्षको सहमतिबमोजिम हुने छलफलमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं उप-प्रधानमन्त्री ह ली फङले नेतृत्व गर्नेछन्। सीजीटीएनका अनुसार अमेरिका पक्षसँग आर्थिक व्यापारिक छलफल अक्टोबर २४ देखि २७ तारिखसम्म मलेसियामा हुनेछ। दुवै पक्षले चालु वर्षयता दुवै देशका राष्ट्र प्रमुखबीच […]
काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ । आज विशेषगरी दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइ स्वास्थ्य, दीर्घायुको कामना गरी मनाउने चलन छ। आज दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्छन् । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ । बालगोपालेश्वर मन्दिरमा आज […]
एजेन्सी - न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको तेस्रो टि ट्वान्टी क्रिकेट खेल वर्षाको कारण रद्द भएको छ। खेल रद्द भएपछि इंग्ल्यान्डले सिरिज १-० ले जित्यो। खेलमा जम्मा ३.४ ओभर मात्रै खेल्न सम्भव भयो। त्यसबेला न्युजिल्यान्डले ३८ रनमा एक विकेट गुमाएको थियो। खराब मौसमका कारण न्युजिल्यान्डका धेरै क्षेत्रमा बिजुली र यातायात प्रभावित भयो। सबैभन्दा बढी असर अकल्यान्डको दक्षिणमा