सिराहामा नागरिकता लिन टोकन प्रणाली लागु

विचौलियामुक्त र छरितो नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले टोकन प्रणाली अपनाएको छ । कोरोनोको जोखिम रहेकोले भीडभाड वढ्दा संक्रमणको खतरासँगै विचौलियाबाट सेवाग्राही ठगिन सक्ने भन्दै टोकन प्रणालीको थालनी गरिएको छ...

सम्बन्धित सामग्री

गुल्मीको सरकारी अस्पतालमा बिरामीको संख्या बढेपछि टोकन प्रणाली

गुल्मीको सरकारी अस्पतालमा चाप भइ बिरामीले घण्टौंसम्म लाइन बस्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै टोकन प्रणाली लागु गरिएको छ ।  गुल्मी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष भरत पाण्डेले टोकन प्रणाली लागू गरिएको बताए ।  टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा  बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल स

यातायातमा टोकन लिनेहरु तीन घन्टा बढी कुर्न वाध्य, सेवाग्राहीलाई सास्ती

काठमाडौं, ११ भदौ । यातायात व्यवस्था कार्यालय सानोभर्याङमा सेवाग्राहीले सास्ती भोगीरहेका छन् । यातायात विभागले नयाँ र पुरानो बाइक पास गर्दा ब्लुबुक लिनलाई टोकन प्रणाली र जोड बिजोड लागु गरेपनि कार्यान्ययन हुन नसक्दा सेवाग्राही सास्ती भोग्न बाध्य भएका हुन् । सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयमा नियमको परिपालन नगरि अब्यबस्थित गरिएकोमा सेवाग्राहीहरुले दुख भोग्नु परेको गुनासो […]

नागरिकता वितरणमा टोकन प्रणाली

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बढ्दो भिडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिका अनुसार आलोपालो प्रणाली लागु गरिएको छ भने टोनक प्रणालीमा सेवा प्रवाह भइरहेको छ ।

नागरिकता वितरणमा बिचौलियाको चलखेल !

नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा बिचौलियाको चलखेल बढेको छ। यसले सर्वसाधारण सेवाग्रही मारमा परेका छन् भने बिचौलियामार्फत आउनेले तुरुन्तै नागरिकता पाउने गरेका सेवाग्राहीको गुनासो छ। नागरिकता लिनेहरूको सङ्ख्या बढ्दै गएपछि कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सेवाग्राहीका लागि अनलाइन टोकन प्रणाली लागु गरेको छ। टोकन प्रणालीअनुसार नागरिकता लिन दुई महिनासम्म कुर्नुपर्ने भएकाले धेरैजसो हुनेखाने सेवाग्राही बिचौलियामार्फत र कोही पहुँचका आधारमा एकै दिनमा नागरिकता लिने गरेको पाइएको छ। यसका लागि सेवाग्राहीले १५ देखि २५ हजार रुपियाँसम्म रकम दिने गरेका स्रोतको भनाइ छ। बिचौलियाले लिएको रकम कर्मचारीमा भागबन्डा लाग्ने गरेको सेवाग्राहीहरूको आरोप छ।

नागरिकताका लागि टोकन प्रणाली

नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।

नागरिकता वितरणमा टोकन प्रणाली

जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकताको भीड थेग्न मुस्किल भएपछि टोकन प्रणाली लागु गरिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लागु भएपछि गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानको अत्यन्तै भीड बढेको छ ।

नागरिकता लिनेको घुइँचो

जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मार्गप्रशस्त भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा घुइँचो लागेको छ । कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आइतबारदेखि अनलाइन टोकन प्रणाली लागु गरेको छ । प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने सन्दर्भमा नागरिकता वितरणमा सहज, सरल, छिटोछरितो, निष्पक्ष र पारदर्शी गर्न टोकन प्रणाली लागु गरिएको बताउनुभयो । सेवाग्राहीलाई पालो कुर्नुपर्ने झन्झटिलो र सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गरिएको उहाँले बताउनुभयो ।