अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील …