सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...

सम्बन्धित सामग्री

७३ अंकले बढ्यो नेप्से सूचक, कारोबार रकम ८ महिना यता कै उच्च

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से ७३.०१ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से सूचक २७६५.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ । ८ महिनापछि कारोबार रकम ७ अर्ब नाघेको हो । यस अघि बैशाख ३० गते ७ अर्ब १२ करोडको कारोबार भएको थियो । त्यसपछि आज पहिलो पटक ७ अर्ब बढीको कारोबार भएको हो । आज अपि पावरको सबैभन्दा धेरै २९ करोडको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २० करोड ८६ लाख , अपर तामाकोशी २० करोड १५ लाख र शिवम् सिमेन्टको १९ करोड ३९ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ५.४९ प्रतिशत, फाइनान्स समुह ५.१६ प्रतिशत र हाइड्रो समुह ४.९६ प्रतिशतले बढेको छ ।