गच्छदार विशेष अदालतमा हाजिर भए

काठमाडौं, ३० असार । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार आज विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माग २२ गते गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।