बझाङकाे साइपाल गाउँपालिकामा खाद्यान्न पुग्याे, स्थानीय बासिन्दा खुसी

 बझाङ -  बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् ।  खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे ।  साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को न्युनामा भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरिएको हो । साइपाल गाउँपालिकाका उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक पानी...