निक्कीद्वारा प्रकाशित कफी टेबल पुस्तक लोकार्पण

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)द्वारा प्रकाशित ‘रिलिजियस एण्ड स्पिरिच्युअल सर्किट नेपाल एण्ड इण्डिया’ नामक कफी टेबल पुस्तक लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघकी अध्यक्ष सृजना राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परारष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा संघकी अध्यक्ष राणाले नेपाल–भारतको धार्मिक तथा आध्यात्मिक महत्त्वबारे पुस्तक प्रकाशनमा ल्याउने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताइन् । मन्त्री किरातीले उक्त पुस्तकले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउने विचार व्यक्त गरे । भारतीय राजदूत श्रीवास्तवले यस पुस्तक नेपाल र भारतबीचको सदियौंदेखिको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।