माओवादी केन्द्रीय समितिमा चितवनबाट ९ जना

चितवन जिल्लाबाट नेकपा (माओवादी केन्द्र) को  केन्द्रीय समितिमा ९ जना निर्वाचित भएका छन् । सो पार्टीको आठौं महाधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्दै पुष्पकमल दाहाल प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् । 

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं :  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ।

माओवादी केन्द्रीय समिति बस्दै

काठमाडौं :  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। शुक्रबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो।शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने

काठमाडौं– माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो । यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको भोलि शुक्रवार र पर्सि शनिवारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । यसअघि आजका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण भोलि र पर्सिका लागि सारिएको भए पनि फेरि बैठक स्थगित गरिएको हो । बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको थियो ।

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, माघ २८ । माघ २८ गतेबाट बस्ने तय भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणबस बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो […]

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ । भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी चयन हुँदै

काठमाडौं, १९ पुस :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ । Photo By: Mukunda […]

माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक आज विहान पार्टी कार्यालयमा बिहान ८ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।शनिबार बसेको स्थायी समितिको बैठकले आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने छ।राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो ब