कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।