एमालेसँगको गठबन्धन उपेन्द्र यादवलाई निल्नु न ओकल्नु

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ ।