संसद् अधिवेशनको तयारी तीव्र

काठमाडौं, साउन २ । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य […]

सम्बन्धित सामग्री

गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

काठमाडौँ- संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी तीव्र पारेको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार (भोलि) दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । यसका निम्ति संघीय संसद् सचिवालयले त...

गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

काठमाडौँ- संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी तीव्र पारेको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार (भोलि) दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । यसका निम्ति संघीय संसद् सचिवालयले त...

राष्ट्र बैंकमा डिजिटल करेन्सीको तयारी तीव्र

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासनका लागि तयारी बढाएको छ । भर्चुअल मुद्राको कारोबारमा सर्वसाधारणको आकर्षण र अन्य देशले पनि विद्युतीय मुद्रा जारी गर्न थालेपछि राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) जारी गर्न आवश्यक तयारी थालेको हो ।  राष्ट्र बैंकले सीबीडीसी काम अघि बढाउन २ वर्षअघि नै डेपुटी गभर्नर बमबहादुर मिश्रको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरेको थियो । उक्त कमिटीले सीबीडीसी अध्ययनका लागि निर्देशक अनुज दाहालको संयोजकत्वमा गठन गरेको कार्यदलले अघिल्लो आर्थिक वर्षमै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । कार्यदलको सुझावका आधारमा सीबीडीसीमा काम गर्न भुक्तानी प्रणाली विभागमा छुट्टै एकाइसमेत स्थापना गरिएको छ ।  सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) मा काम गर्न भुक्तानी प्रणाली विभागमा छुट्टै एकाइ स्थापनासमेत भइसकेको छ ।  राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा सीबीडीसी जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप काम अगाडि बढाइने उल्लेख गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले गत सोमवार एक औपचारिक कार्यक्रममा आगामी ३ वर्षभित्र नेपालले आफ्नै सीबीडीसी जारी गर्ने घोषणा गरेका थिए ।  राष्ट्र बैंकका एक अधिकारीका अनुसार सीबीडीसी निष्कासनका लागि नीतिगत कानूनी र पूर्वाधार निर्माणको काममा लामो समय लाग्छ । ‘हामी सीबीडीसी निष्कासनका लागि प्रारम्भिक चरणमा मात्र छौं,’ उनले भने, ‘यसका लागि आवश्यक ऐन कानून र नीति निर्माण गर्ने तथा आवश्यक प्राविधिकलगायत पूर्वाधार विकास गर्न हाम्रो मात्र पहलकदमीले पुग्दैन ।’ कानून निर्माणमा संसद् र सरकारसमेत जिम्मेवार भएकाले उनीहरूले पनि विषयको गम्भीरता बुझेमा छिटो सहजीकरण हुने उनले बताए ।  राष्ट्र बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा सरोकारवालाको सहभागिता रहने गरी छुट्टै संरचना र टीम निर्माण गरेर मात्र सीबीडीसी परियोजना अघि बढाउन उपयुक्त हुने उल्लेख गरिएको छ । शुरुआती चरणमा भने राष्ट्र बैंककै भुक्तानी प्रणाली विभाग वा सूचनाप्रविधि विभागभित्रै सानो युनिट खडा गरी काम अघि बढाउन सकिने सुझाव छ । यस्तै सीबीडीसी जारी गर्न तथ्यांकको सुरक्षासहित उच्चस्तरीय प्रविधि निर्माण, केन्द्रीय बैंकको क्षमता विकासको आवश्यकता पनि औंल्याइएको छ ।  प्रतिवेदनमा सीबीडीसीको विस्तृत सम्भाव्यता अध्ययन गर्न, पर्याप्त कानूनी व्यवस्था, लक्ष्य निर्धारणका साथै कार्यान्वयनपूर्व जनचेतना विस्तार अघि बढाउनसमेत सुझाव दिइएको छ । अर्थतन्त्र नगदबाट विस्तारै डिजिटलमा रूपान्तरण हुँदै गएकाले विद्युतीय मुद्रा आवश्यक भए पनि सफलताका लागि राजनीतिक स्वामित्व र सर्वसाधारणको स्वीकार्यता पनि उत्तिकै जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।  विश्वभर निजीक्षेत्रबाट जारी भएका क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा सर्वसाधारणको आकर्षण बढेसँगै केन्द्रीय बैंकले सीबीडीसी निष्कासन गर्ने तयारी थालेको हो । भारतीय रिजर्भ बैंक (आरबीआई) ले गत कात्तिकदेखि डिजिटल करेन्सी जारी गरिसकेको छ । पाइलट प्रोजेक्टका रूपमा जारी गरिएको करेन्सी पहिलो चरणमा नौओटा वाणिज्य बैंकसँग होलसेल मात्र कारोबार हुने व्यवस्था गरिएको छ । त्यसको सफलतापछि मात्र सर्वसाधारणले प्रयोग गर्नेगरी खुद्रा कारोबार गर्ने भारतको तयारी छ । डिजिटल करेन्सी प्रयोगले विद्युतीय भुक्तानीमा सर्वसाधारणलाई आकर्षित गर्ने र नोट छपाइ तथा सर्कुलेशनमा हुँदै आएको खर्च कटौती हुने केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

संसद् बैठक तयारी तीव्र

शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम बस्ने सहमति भएको छ।

संसद् बैठकको तयारी तीव्र

काठमाडौं, पुस २३ । प्रतिनिनिधिसभा र राष्ट्रियसभाको बैठक यही पुस २५ गतेबाट सुरु हुँदैछ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले आइतबार एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ। राष्ट्रियसभा स्थायी सदनभएकाले पुरानै नियमावलीबमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधिसभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावलीबमोजिम सञ्चालन गर्नुपर्ने हुन्छ। शुक्रबार […]

शपथग्रहणको तयारी तीव्र, सर्वदलीय बैठक बिहीबार

हेटौंडा ।  निर्वाचन आयोगले वागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहित प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय शपथमा जुटेको छ । यसका लागि वागमती प्रदेशसभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक अह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता […]

संसद् बैठकको तयारी तीव्र, विघटन अवधिको समेत एकमुष्ठ तलब बुझ्दै सांसद

काठमाडौं: सर्वोच्चको फैसलासँगै सरकारले फागुन २३ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन सिफारिस गरेको छ। प्रतिनिधिसभा पुनर्स्थापना र अधिवेशन सिफारिससँगै संघीय संसद् सचिवालयले पनि तयारी अघि बढाएको छ। संघीय संसद् भवनमा बैठकका लागि आवश्यक तयारी थालिएको सचिवालयले जनाएको छ। बैठक कक्षको व्यवस्थापन अन्तर्गत कुर्सी, टेबुल मिलाउने, रंगरोगन, सरसफाइका काम अगाडि बढाइएको सचिवालयका…

अधिवेशनको तयारी तीव्र

संसद् सचिवालयले बर्खे अधिवेशनको तयारी तीव्र पारेको छ। वैशाख २६ गते शुक्रबार अधिवेशन सुरु हुँदै छ।

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ ।

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र, राष्ट्रियसभा गठनको कानून भने अन्योलमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ। समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फको मत परिणाम आइसकेपछि दललाई सो बारेमा जानकारी दिने…