ओमिक्रोन भेरियन्टद्वारा संक्रमित हुँदा कस्ता लक्षण  देखिन्छन् ?

 कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको

युरोपमा ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिंदै

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिएको छ । संक्रमणले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाईरहेको छ । फ्रान्समा मंगलबार एकैदिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत शनिबार १ लाख ४ हजार रहेको थियो । बेलायतमा २४ घण्टामा १ लाख २८ हजार बढी संक्रमित थपिएका छन् । […]

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

चीनमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ । चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ । पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित […]

दक्षिण एसियाका ५ मुलुकमा ओमिक्रोन फैलियो

२३ मंसिर, काठमाडौं । पाकिस्तानमा समेत नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । योसँगै दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ । बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताएका हुन् । संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् । खोप नलगाएकी ६५ […]

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

भारतमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा पनि भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो।

जापानमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।