नेपाल आयल निगमले सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ । भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि निगमले आफ्नो प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।