सर्लाहीमा मलको अभाव, किसानलाई धान उत्पादन घट्ने चिन्ता

सर्लाही : सर्लाहीमा यस वर्ष पनि रासायनिक मलको अभावले किसान चिन्तित भएका छन्। धान रोप्ने समयमा प्रशस्त पानी पर्दा खुशी भएका किसान अहिले समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसान चिन्तित बनेका हुन्।धान रोपाइँको समयमा डिएपी मल नपाएका यहाँका किसानले गोडमेल गरिसक्दा पनि युरिया मल हाल्न नपाएको गुनासो गरेका छन्। बागमती–१० का लालबहादुर लामाले आफ्नो १ बिगाहमा २ बोरा मलको आवश्यक्ता रहेकोमा मल बिक्रीको जिम्मा पाएको साना किसान कृषि सहकारी हंकरपुरबाट २० किलो मात्र युरिया मल पाएको बताए