आईपीएल क्रिकेट : चेन्नईको पहिलो जित

चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए । यस अघि टस हारेर...

सम्बन्धित सामग्री

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे । जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । […]