दाङमा बस दुर्घटनाः १ शिशुको निधन, ९ जना घाइते

काठमाडौं, २६ पुस । दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डमा वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनामा असिर आलमका छोरा नानु आलमको ज्यान गएको प्रहरीले जनाएको छ […]