युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । यसैगरी युक्रेनमा युद्ध सुरु भएयता कम्तीमा ५७९ सर्वसाधारणको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय यूएनएचसीएचआरले जनाएको छ […]