काठमाडौं बज्यो खतराको घण्टी, आज मात्रै थपिए ६७७ जना कोरोना संक्रमित

काठमाडौं। कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेसँगै काठमाडौं जिल्लामा खतराको घण्टी बज्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा थप खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँचहजार ६१६ रहेको छ भने एकहजार नौसय ४९ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

सम्बन्धित सामग्री