गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गर्न आग्रह

 भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्त्वपूर्ण गाईजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरू सहितको बैठक बसेको थियो&nbs

सम्बन्धित सामग्री

सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसपालिको गाईजात्रा पनि सामान्य औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणका कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान अवस्थामा मृत्यु संस्कारको रूपमा ऐतिहासिक कालदेखि मनाउँंदै आएको गाईजात्रा पर्व यस […]