विकास कि विनाश ?

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले अतिक्रमण गरेको रोशी खोला । ढुङगाखानी र क्रसर उद्योगका साथै विकासको खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ । तस्बिरः रासस

सम्बन्धित सामग्री

कानूनी उल्झनको बहानामा विकास नरोक्न मुख्यमन्त्रीको जोड

विराटनगर (अस) । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानूनी उल्झनको बहानामा पूर्वाधार विकासका काम रोक्न नहुने धारणा व्यक्त गरेका छन् । भौतिक पूर्वाधार विकासमा तीनै तहको सरकार र तिनका निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शुक्रवार आयोजित ‘वन, वातारणसँग पूर्वाधार विकास निर्माणको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री राईले कानूनी अख्तियारप्राप्त अधिकारीहरूलाई कानूनको सीमा उल्लंघन नहुनेगरी विकास निर्माणमा काममा केन्द्रित हुन आग्रह गरे । ‘जो कोही सरकारले विकास गरोस्, भूगोल त एउटै हो, म पनि त्यसको एक उपभोक्ता हुँ भन्ने ठान्नुपर्‍यो,’ मुख्यमन्त्री राईले भने । उनले भौतिक पूर्वाधार विकासका लागि कानूनको आवश्यक संशोधन, परिमार्जन वा नयाँ कानून निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताए । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले विकासका नाममा जथाभावी डोजर चलाउने विषयमा सरकार सचेत रहेको बताए । प्रदेश सरकार योजनाबद्ध विकासको पक्षमा रहेको उनको भनाइ छ । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले जथाभावी बाटो बनाउनाले पहाडी क्षेत्रमा भूक्षयको समस्या हुने गरेकोतर्फ सचेत हुन आग्रह गरिन् । प्राकृतिक विनाश हुनुमा पहाडी क्षेत्रबाट हुने बसाइँ सराइको कारण हुन थालेको भन्दै उनले विकास प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा ‘पूर्वाधार विकास निर्माण र वन वातावरणबीचको अन्तरसम्बन्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै यातायात पूर्वाधार निर्देशनालय इटहरीका सिनियर डिभिजन इन्जिनियर रेवतीरमण पराजुलीले समग्र पूर्वाधार निर्माणसँग सम्बन्धित मुख्य समस्या औंल्याएका थिए । विकाससँग सम्बन्धित निकायहरूबीच उचित समन्वय हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संखुवासभाका डिभिजनल वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटले पूर्वाधार विकासमा वन क्षेत्रको अवस्थाबारे चित्रण गरे । धेरैजसो भौतिक पूर्वाधार विकासका काम वन क्षेत्र मासेर गर्ने गरिएकाले समस्या बढेको उनले औंल्याए । कार्यक्रमको छलफल सत्रमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले पूर्वाधार विकास विपद्का दृष्टिले सुरक्षित हुनुपर्ने धारणा राखे ।

पुनर्निर्माणको क्यानभासमा छुटेको एकीकृत बस्ती

९ पुस, काठमाडौं । भनिन्छ, विनासले नवनिर्माणको अर्को अवसर दिलाउँछ । १२ वैशाख २०७२ को महाभूकम्पले मच्चाएको विनाश लिलापछि पनि एउटा आशा थियो, जोखिमयुक्त, असजिलो र कुरुप बन्दै गएका शहरी तथा ग्रामीण बस्तीहरु पुनर्निर्माण गर्न र गाउँ–गाउँसम्म व्यवस्थित एकीकृत बस्तीहरु विकास गर्न यो विपद्ले ढोका खोल्छ कि ! करिब ७ वर्षदेखि चलिरहेको पुनर्निर्माणको अभियान भने […]

सभामुख सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा एमालेको उफ्रीपाफ्रीः शर्मा

काठमाडौं, असोज ५ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्मा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा उफ्रीपाफ्री गरिरहेको आरोप लगाएका छन् । आफ्नो पार्टी विभाजनमा अरुलाई दोष लगाउनुको औचित्य नभएको उनले बताए । नेता शर्माले भने, ‘कुनै पनि कुराको विकास र विनाश आन्तरिक कारणबाटै हुन्छ । एमाले पनि आन्तरिक कारणबाट फुटेको हो । […]

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम राख्छु भन्ने दुश्साहसको साथ एमसीसी नेपालमा ल्याउन खोजेको आरोप लगाए । उनले अमेरिकाको स्वार्थको कारण नेपालमा कहाँ खेल्न पाईन्छ ? भन्दै उनले प्रश्न गरे । […]

विकास कि विनाश ?

भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभावी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट विकास होइन, विनाश निम्तिरहेको छ विकासको अर्थ डोजर चलाएर सडकको स्वरूप कोर्नु मात्रै होइन,...

भगवान्, विकास र विनाश

मानव सभ्यताको आरम्भदेखि नै समाजका विभिन्न वर्गले भित्रभित्र स्वरूप र आकृतिका भगवान् मान्दै तथा पूजा गर्दै आएको विषय त हाम्रा प्राचीन सभ्यताले पुष्टि गर्दै आएका छन्। यसरी मानिँदै र पुजिँदै आएका अधिकांश भगवान्‌का स्वरूप कोही ठुल्ठूला उच्च पृष्ठभूमिका सन्त एवं साम्राज्यका राजा–महाराजाका वंशज नै देखिएका छन् र सबै आ–आफ्ना ज्ञानगुन र सुकृत्यका आधारमा स्थापित भएका […]

छिटो विकासका नाममा विनाश

हाम्रा विकास प्राकृतिक धरातलीयअनुसार एकीकृतरूपमा छिटो भन्दा दिगो हुने प्राविधिक पक्षलाई ध्यान दिइ गराउनुपर्छ। अनिमात्र बाढी/पहिरोको क्षति न्यूनीकरणमा सघाउ पुग्छ।...

यातायातले विनाश होइन, विकास खोजेको छ

यातायात ऐन तथा नियमावली देशैभर लागू हुनासाथ जन्मेको सिन्डिकेट हाल तोडाउन सक्ने सक्षम सरकार देखिएको छैन । नेपालमा भीमफेदीदेखि गाडी बोकेर काठमाडौं सम्म ल्याइएको इतिहास जोडिएको यातायातको सवारी साधनको विकासक्रम अहिले हैसियतअनुसार गाडी खरिद गर्न सकिनेमा जोडिएको छ । समयसँगै मानिसमा परिवर्तनको आकांक्षा बढेको भए तापनि अन्याय र अत्याचार गर्ने-गराउने प्रवृत्तिमा भने किञ्चित फेरिएको पाउन […]

यातायातले विनाश होइन विकास खोजेको छ

नेपालमा भीमफेदीदेखि गाडी बोकेर काठमाडांैसम्म ल्याइएको इतिहास जोडिएको यातायातका सवारी साधनको विकासक्रम अहिले हैसियतअनुसार गाडी खरिद गर्न सकिनेमा जोडिएको छ । समयसँगै मानिसमा परिवर्तनको आकांक्षा बढेको भए पनि अन्याय र अत्याचार गर्ने-गराउने प्रवृत्तिमा भने किञ्चित फेरिएको पाउन सकिएन । सडकमा कैयौं सवारी साधनहरू गुडि नै रहेका छन्, तर सडकको अवस्था ज्यूँका त्यूँ छ । मानवीय […]