व्यवसायीको माग सम्बोधन भएन, अब सरकारविरुद्ध आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्ध आन्दोलनको आवश्यकता रहेका बताएका छन् । ‘हामी उद्यमी व्यवसायीमा आन्दोलन, नारा, जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभामा बोल्दै उनले भने, ‘अहिले […]

सम्बन्धित सामग्री

‘मेरो नेतृत्व आवश्यक पर्दा विपक्षी बन्न पनि तयार हुन्छ’

नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको सँघारमा छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले यसपटक पनि वरिष्ठ उपाध्यक्ष पदका लागि रोचक चुनावी भिडन्त हुँदैछ । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी तयारी तीव्र बनाएका छन् । यी तीनमध्ये पोखराबाट उदाएको लक्ष्मी ग्रुपको नेतृत्व गरिरहेका अञ्जन […]

महालक्ष्मी लाईफले ९० करोड बराबरको आईपीओ जारी गर्ने

वैशाख २५, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आइतवार काठमाडौंको कमलपोखरीस्थित होटल हुकुम, दरबारमा विशेष साधारण सभा सम्पन्न गरी आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।  नयाँ जीवन बीमा कम्पनीहरु मध्येकै कान्छो कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि आईपीओसहितका योजना अघि सारेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नु पर्नेछ । सोही बमोजिम पूँजी कायम गर्ने योजना अनुसार आइतवारको सभाले अधिकृत पूूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ ।  पूँजी वृद्धिका लागि आईपीओ सहित तथा मर्जर तथा प्राप्ति प्रक्रियालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । आगामी दिनमा एउटै प्रकृतिका कम्पनीबिच मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८ औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटीसमेत गठन गरेको छ । बीमा समितिले गत चैत्र १० गते पूँजी वृद्धिका लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । पहिलाकै व्यवस्था बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न बाँकी यस कम्पनीले विषेश साधारण सभा गरेर पूँजी वृद्धिको योजना कार्यान्वयनको बाटो खुला गरेको हो ।