पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले त्यागे देशको नागरिकता

पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस जयशंकरले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए । विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताउनुभयो । उहाँले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएक...