झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को मतगणना अवरुद्ध

एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।