https://nagariknews.nagariknetwork.com/social-affairs/264841-1594017089.html

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।