काठमाडौँमा यो वर्षकै बढी चिसो, तीन डिग्रीबाट तल झर्‍याे तापक्रम

काठमाडाैँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो। गत बिहीबार तापक्रम ३ डिग्री सेल्सियस थियो। त्यसयता यस वर्षअन्तर्गत अहिलेसम्मकै कम न्यूनतम तापक्रम आज २.५ डिग्री सेल्सियस देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले देशभर दैनिक […]

सम्बन्धित सामग्री

काठमाडौँमा पुन: वर्षकै कम तापक्रम रेकर्ड, कतिमा आयो?

काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार  काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो।यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो। मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए।

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको त...

काठमाडौँमा वर्षकै सबैभन्दा गर्मी मापन

काठमाडौँ । काठमाडौँमा आइतबार (हिजो) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए। यो वर्षको जुलाई १२ तारिखयता काठमाडौँको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि […]

काठमाडौँको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।  यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट

चिसो बढ्यो : काठमाण्डौमा न्यूनतम तापक्रम यो वर्षकै कम २ दशमलव ६ डिग्री मापन

काठमाण्डौ - काठमाण्डौमा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । अस्ति बिहीवार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज ० दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार देशका अरु ठाउँमा पनि आज न्यूनतम तापक्रम घटेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा हुस्सुक...

काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ ।  रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहा...

आज काठमाण्डाैकाे तापक्रम याे वर्षकै कम

काठमाण्डौ – काठमाण्डाैमा आज आइतवार यो वर्षकै कम तापक्रम मापन गरिएको छ । आज बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । योभन्दा अगाडि गएको १ गते ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।  देशका अरू ठाउँमा पनि आज तापक्रम घटेको छ । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज डडेल्धुराको तापक्रम ६ दशमलव २,  वीरेन्द्रनगरको तापक्रम ८ दशलवम ७, ताप्लेजुङको तापक्रम ७ दशमलव २ र घोराहीको तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन...

काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम

काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ। उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।

दिल्लीमा बुधबार वर्षकै सबैभन्दा गर्मी, तापक्रम ४४ डिग्री

एजेन्सी। भारतको राजधानी दिल्लीमा बुधबार वर्षकै सबैभन्दा अधिक तापक्रम रेकर्ड भएको छ। दिल्लीका कतिपय स्थानमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। न्यूनतम पनि बढेर ३१.४ डिग्री पुगेको थियो। यो सामान्यभन्दा ४ डिग्री बढी हो। बुधबार २०२१ सालको अहिलेसम्मकै बढी तापक्रम पुगेको थियो। दिल्लीमा धुलो मिसिएको हावा चल्नाले अवस्था थप खराब हुन पुगेको छ।