मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेनको चर्को आलोचना

काठमाडौँ । मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौँ महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो। नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई […]

सम्बन्धित सामग्री

अटो रिक्सामाथि डोजर नचलाउन चेतावनी

काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले अटो रिक्सामाथि डोजर चलाएर नष्ट गरेकोप्रति नेपाली कांग्रेस निकट नेपाल अटो रिक्सा, ईरिक्सा तथा ठेला श्रमिक संघले ध्यानाकर्षण भएको बताएको छ । यस क्षेत्रमा काम गर्ने मजदूरहरूको गाँस खोस्नेगरी रिक्सा नष्ट गरिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न संघका अध्यक्ष खिलनाथ बस्नेतले बिहीवार विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । संघका अध्यक्ष बस्नेतका अनुसार देशभर प्रहरी र ट्राफिक प्रहरीबाट रिक्सा समातेर कब्जा गर्ने रणनीति लिइएको छ । यो कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए । ‘हजारौं मजदूर र उनीहरूका परिवारका सदस्यहरू यसमै आश्रित छन् । नेपालगञ्जसहित देशका विभिन्न जिल्लामा भइरहेको धरपकडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अटो रिक्सा व्यवस्थित गर्न हामी तयार छौं, तर बल प्रयोग रोकिनुपर्छ,’ उनले भने । बल प्रयोग नरोकिए आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ । बल प्रयोग नरोकिए आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ । नष्ट गरिएका अटो रिक्साको उचित क्षतिपूर्ति दिन संघले माग समेत गरेको छ । यस क्षेत्रमा संलग्न श्रमिकहरू असुरक्षित बन्दै गएको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न समेत संघले भनेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले अटो रिक्सा नष्ट गरेकोप्रति चौतर्फी आलोचना भइरहेको छ । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले पत्रकार सम्मेलन गरेर आफूले अटो रिक्सा व्यवस्थित गर्न खोजेको, तर विधि नमिलेको स्वीकारिसकेका छन् । ‘अटो रिक्सालाई डोजर चलाएर नष्ट गर्ने विधि नमिलेकै हो । यसबाट नगरवासीमा पर्न गएको नकारात्मक प्रभावमा क्षमा चाहन्छु,’ उनले भने । नेपालगञ्ज उपमहानगरले ६३१ ओटा ई–रिक्सा नियन्त्रणमा लिएकोमा आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर ५५५ ओटा ई–रिक्सा फिर्ता दिएको बताएको छ ।

करिश्मा भन्छिन्, स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् । काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना […] The post करिश्मा भन्छिन्, स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् । काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना […]

गरिबको ‘ढाड’मा बजारियो बालेनको ‘लौरो’

स्वतन्त्र उम्मेदवारीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित र्भका बालेन्द्र (बालेन) साह अहिले आलोचित बनेका छन् । दलहरुबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयरमा जिताएका महानगरबासीले नै अहिले बालेनको आलोचना सुरु गरेका छन् ।चुनावी अभियानमा बालेनको एउटा र्याप निकै चल्यो । ‘बलिदान’ शीर्षकको उक्त र्यापमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’लाई बालेनले कोरसका रुपमा उतारेका थिए । तर, बालेन मेयरमा निर्वाचित भएपछि महानगरले गरिबमाथि प्रहार थालेको छ । महानगरले भिख माग्न नपाउने सूचना नै निकाल्यो । यो कदमको स्वागत नै भएको छ । किनकी, काठमाडौँका व्यस्त ठाउँमा भिख माग्न बस्नेहरु नेपाली मूलका छैनन् ।शुक्रबारको एउटा घटनाले भने मेयर बालेन निकै आलोचित बनेका छन् । बालुवाटार क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि महानगर प्रहरीले ज्यादती गर्यो । लछापछार गरेर मकै र ठेला कब्जामा लियो । समाजिक सञ्जालमा महानगर प्रहरीको यो ज्यादतीको भिडियो भाइरल भयो ।फुटपाथमा ब्यापार गर्न पाइँदैन भनेर नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । ती सिन्धुपाल्चोक घर भएर लामो समयदेखि मकै बेचेरै बालबच्चा हुर्काइरहेकी ती महिला नगर प्रहरीका सामू हात जोड्छिन्, विन्ती गर्छन्, अनेक अनुनय विनय गर्छिन् । आधा मकै बाटोभरी असरल्ल छरिन्छन् ।ती महिलाका श्रीमान गाडा र मकै छुटाउन नगर प्रहरीको गाडीको पछि पछि दौडिन्छन् । तर, त्यो सम्भव हुँदैन । गरिबको सामान उठाएकोमा गर्वानुभूति गर्दै नगर प्रहरी हुईकिन्छन् । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ र सडकमा सामान नबेच्नु भन्दाभन्दै सडकमा ठेला राखेर ब्यापार गर्दा जुनसुकै बेला जफत बताउँछन् ।बालेन काठमाडौँको मेयरको स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जितेका व्यक्ति हुन् । उनको दल छैन, उनलाई दलको ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । त्यसैले पनि उनीबाट धेरैले अपेक्षा गरेका थिए, गरेका छन् । चुनावी दौरानमा बालेन शाहको चुनाव चिन्ह थियो ‘लौरो’ । शुक्रबार महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगर प्रहरीले ज्यादती गरेपछि बालेनको लौरो गरिबको ढाडमा बजारिएको भन्दै आलोचना भईरहेको छ ।थप कारबाहीयी निमुखा दम्पत्तीमाथि महानगरको नगर प्रहरीले थप कारबाही गर्ने भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएको र अगुल्टोले हानेको भन्दै नगर प्रहरीले थप कारबाही गर्ने बताएको हो ।बुधबार घुस माग्न आएपछि आफूले नगर प्रहरीलाई अगुल्टोले हानेको सीता आचार्यले नै भनेकी छिन् ।‘सरकारी कर्मचारीमाथि सडकमै हातपात भएको छ, हातपात गर्ने उनीहरुलाई कारबाही नगरेर के नमस्कार गर्नु पर्ने त ?’  नगर प्रहरी प्रमुख सापकोटाले कारबाही गर्ने संकेत गर्दै भने ।