प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिन गठबन्धनभित्रका दलहरुलाई सकस देखिएको छ ।मधेसवादी भनिएका दलहरु पनि उम्मेदवार चयनमा अलमल गरिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दल आफूले पाउने भागबण्डा तय भइसकेपछि उम्मेदवार छान्ने प्रक्रियामा प्रवेश गर्ने तरखरमा रहँदा

सम्बन्धित सामग्री

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।  पार्टी कार्यालय बालकुमारीमा बैठक सुरु भएको सो पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक सुरु भएको हो ।  यसैगरी आजको बैठकमा यही पुस २५ गतेदेखि काठमाडौँमा बस्ने […]

चुनावको तयारीमा जुट्यो जसपा, टिकट वितरण कहिले ?

काठमाडौं, ३ साउन । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको […]

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ। जसपाको राजधानीमा तीन दिनदेखि जारी...

जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक जारी छ ।  हिजोदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा छलफल भएको छ । चुनावको तयारी, उम्मेदवारको मापदण्ड, उम्मेदवार चयन गर्ने प्रकृया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्ताव गरिएको छ । सोही प्रस्तावमाथि छलफल सुरु भएको जसपा राजनीतिक समितिका सदस्य सीपी सिंहले बताए । छलफलमा पाँच दलीय गठबन्धनको औचि

गोरखामा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि […]

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

१२ वैशाख, जनकपुरधाम । धनुषा जिल्लाका स्थानीय तहमा उम्मेदवार चयन गर्न आइतबार जनकपुरधामस्थित राजदरबार होटलमा जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्यो । बैठकमा टिकट वितरणको विषयमा विवाद हुँदा कुटाकुटमै भयो । कुटाकुटमा आधा दर्जनभन्दा बढीलाई सामान्य चोटपटक लाग्यो । कुटाकुटको स्थिति बन्नुको कारण थियो गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवसहित केही व्यक्ति उम्मेदवार […]

लुम्बिनीमा ठुला दललाई उम्मेदवार टुङ्गो लगाउन सकस

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने दिन आइसक्दा पनि लुम्बिनी प्रदेशका कतिपय पालिकामा ठुला दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन् । लुम्बिनी प्रदेशमा ठुला दलहरु विभिन्न पालिकाका लागि आफ्ना उम्मेदवार चयन गर्ने प्रकृयामै छन् ।नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका दल उम्मेदवार चयनको रस्साकस्सीमा छन् । सत्तारुढ गठबन्धनले आपसमा तालमेल हुने पालिकामा भागबण्डा तथा उम्मेदवार चयनका लागि अन्तिम प्रयास गरिरहेका छन् । भागबण्डा तोकिएका पालिका

जसपा कार्यालयमा हेडक्वार्टरको बैठक

जनता समाजवादी पार्टी नेपालको हेडक्वार्टर बैठक पार्टी कार्यालयमा बसिरहेको छ । स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टीको हिस्सेदारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल गर्नका लागि हेडक्वार्टरको बैठक बसिरहेको हो । काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समितिको बैठक हिजो बसेको थियो । सो समितिले सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । समितिमा सत्ता

राष्ट्रियसभामा बादललाई जिताउन माधव नेपाल निर्णायक

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।  पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधान