हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन

काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्म ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । आइतबारसाँझ ५ बजेसम्ममा ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको । सीडीएसले जनाएको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसम्ममा १७ हजार ६८५ जना आवेदकले १५ लाख ६३ हजार १९० कित्ता खरिदका लागि आवेदन दिएका छन् । […]