अब जनादेशबाट ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्छौ : पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । उनले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए । पौडेललेबजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताए ।पूर्व अर्थमन्त्री पौडेलले भने ,‘नेपाल अहिले बजेट बिहीन अवस्थामा छ । यदि यो बजेट निर्माणको प्रक्रियामा गलत विधि अवलम्बन गरिएको छ भने संविधानले व्यवस्था र कानूनले व्यवस्था गरेको भन्दा फरक ढङ्गले बजेट बनाउन पाइन्छ की पाइँदैन । त्यस्तो अधिकार कसैलाई छ की छैन । कसैलाई अधिकार छैन । बजेट निर्माणको प्रक्रियामा निःसन्देह विधि र कानूनसम्मत हुनुपर्छ । बजेट निर्माणका मूल्य र मान्यताहरु रहेका छन् । संविधानले व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरेको बजेट जनताले स्वीकार गर्नु हुँदैन । त्यसरी आएको बजेटको कुनै अर्थ छैन । जसरी बजेट बनेको छ आफै विवादमा गएको छ । यो बजेट बजेटको रुपमा छैन । बजेट कार्यान्वयन हुने हैसियतमा छैन  । अहिले देश बजेट बिहीन रहेको छ । अर्थमन्त्रीले बजेट निर्माण गर्दा अनाधाकृत व्यक्तिहरु राखेर करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समितिले बनेको छ । त्यो समितिले अर्थमन्त्रीको छानबिन प्रतिवेदन तयार नभएसम्म बजेटको रुपमा मान्न सकिँदैन । बजेट निर्माणको विषय अत्यन्त गोपनीय विषय हो । संघीय संसदमा जनताका प्रतिनिधिहरुलाई राखेर बजेट प्रश्तुत गरिन्छ । त्यहाँ प्रश्तुत भएपछि जनताले बजेटका विषयमा थाहा पाउँछन् । तर बजेट बनाउने सर्वमान्य सिद्धान्तलाई समेत अस्वीकार गरेरअनाधिकृत व्यक्तिहरुलाई सहभागी गराएर बजेट निर्माण गरिएको छ । यो बजेट निर्माणको प्रक्रिया नै गलत छ । करका दर जसरी हेरफेर भएको छ । त्यसमा राष्ट्रिय आवश्यकतालाई नभएर स्वार्थ समूहलाई फाइदा पुग्नेगरी काम गरिएको छ । यो वास्तवमा धेरै ठूलो अपराध गरिएको छ । त्यस कारण बजेट बिरोधयोग्य भएकाले यो बजेटलाई बजेटको रुपमा मान्न सकिँदैन ।’पूर्व अर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरे । उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे । उनले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताए ।उनले भने ,‘ अहिलेको अर्थतन्त्रमा देखिएको समस्या वर्तमान सरकारका कारण आएको हो । यसको समाधान र देशको अर्थतन्त्र सुधार भनेकै अहिलेको सरकारको बहिर्गमन हो । फेरि पनि जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्नेछौं । नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गर्छौं र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गछौं । अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिकसमृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजान्छौं ।’ पूर्व अर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताए ।

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको छ : पूर्व अर्थमन्त्री पौडेल

बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको बताएका छन्। शनिवार बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको तेस्रो साधारण सभामा उनले मुलुकमा अहिले देखिएको आर्थिक संकट समाधानका लागि सबै एक ठाउँमा जुट्नुपर्ने अवस्था सिर्जना भएको बताए। मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक…

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारी बालुवाटारमा, अर्थतन्त्र सुधारबारे छलफल

काठमाडौं, २० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अर्थतन्त्रमा देखिएको समस्याको समाधानबारे छलफल भएको हो । प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् […]

अर्थतन्त्र काबुबाहिर छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ- नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजको कार्यसमितिका प्रतिनिधिसँगको भेटमा मन्त्री पौडेलले भने, “अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै […]

अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए । पत्रकारहरूसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे । उनले भने–‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । य

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछः अर्थमन्त्री पौडेल

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो । उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न […]

अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए ।  निजी क्षेत्रका मागप्रति सरकार कति […]

अर्थतन्त्र संकटको डिलमा छ, समस्या समाधानमा लाग्छु : अर्थमन्त्री पौडेल

११ पुस, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताए । ‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, […]

सरकारका कारण अर्थतन्त्र निराशाजनक : पूर्व अर्थमन्त्री पौडेल

२३ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारका कारण देशको अर्थतन्त्र निराशाजनक बनेको बताएका छन् । अर्थतन्त्रका धेरै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे । रुपन्देहीको सैनामैनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्र बैंकले हालै प्रकाशित गरेकोे […]

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भयोः अर्थमन्त्री पौडेल

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन्। मिडिया इन्टरनेसनलको आठौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए। उनले भने, ‘कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज […]