बागमती प्रदेश : दुवै सदनमा कांग्रेस पहिलो बन्दा एमाले तेस्रो

हेटौंडा : बागमती प्रदेशको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा नेपाली कांग्रेसले छलाङ मार्दा नेकपा एमाले तेस्रोमा खुम्चिएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा सबैभन्दा धेरै सिट जित्दै कांग्रेसले छलाङ मार्दा एमाले तेस्रोमा खुम्चिएको हो। बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन्। जसमा प्रदेशको एक क्षेत्र बाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ।प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुन

सम्बन्धित सामग्री

बागमती प्रदेश : उपसभामुखको निर्वाचन माघ २ गते

मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ ।  प्रदेशसभाको उपसभामुखका लागि

बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै

हेटौंडा : बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ ।  ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।  उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मा

बागमती प्रदेश : मुख्यमन्त्री बन्ने बानियाँ र लामाको सपनामा यसरी लाग्यो ‘ब्रेक’

बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेर पनि नेपाली कांग्रेस अब सत्ता बाहिर रहनुपर्ने भएको छ । ३७ सांसदसहित प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको कांग्रेसले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अब प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने भएको हो । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायतका दल मिलेर सरकार गठन गरेसँगै प्रदेशहरूमा पनि सोही अनुसारको समीकरण बन्ने भएको हो ।प्रदेशसभामा एमाले–माओवादीसहितका दल सम्मिलित नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने भएपछि कांग्रेसबा

बागमती प्रदेश : कुन दलले कहिले छान्दैछन् दलको नेता ?

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबाट संसदीय दलको नेता चयनको तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु संसदीय दलको नेता छान्ने तयारीमा जुटेका हुन् । नेपाली कांग्रेसले पुस १३ गते संसदीय दलको नेता छान्ने भएको छ । निर्वाचनको प्रक्रिया भने १२ गतेदेखि सुरु हुने जनाइएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले निर्वाचन समितिसमेत गठन गरी प्रक्रिया सुरु गरेको हो ।पटक/पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि समिति

बागमती प्रदेश, कुन दलले कति जिते ?

काठमाडौं । बागमती प्रदेशमा कुल सांसद संङ्ख्या ११० रहेको छ। जसमा समानुपातिकतर्फ ४४ प्रत्यक्ष निर्वाचनमार्फत ६६ चुनीने छन्। प्रत्यक्ष तर्फ दलले जितेको संङ्ख्यामा नेपाली कांग्रेस–२५, नेकपा माओवादी केन्द्र– १४, नेकपा एमाले –१३, राष्ट्रिय प्रजातन्त्र पार्टी –७, एकिकृत समाजबादी –५, नेपाल मजदुर किसान पार्टी –१ र हाम्रो नेपाली पार्टी –१ रहेका छ। सरकार बनाउन बहुमतका लागि ५६ सिट आवश्यक पर्छ।

बागमती प्रदेश: गठबन्धनले बहुमत ल्याउँदा कांग्रेस पहिलो दल

२०७४ मा एक्लै ४२ सिट जितेर पहिलो भएको एमाले यो चुनावमा माओवादीभन्दा पनि तल रहेर १३ स्थानसहित तेस्रो बन्दा गढ मानिएका ६ जिल्लामा क्लीन स्वीप भयो।...

बागमती प्रदेश सरकारले किन्यो ६ करोडका गाडी

हेटौंडा : बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि ६ करोडका गाडी खरिद गरेको छ। गठबन्धनमा भागबण्डा पुर्‍याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि प्रदेश सरकारले ६ करोड बराबरका गाडी किनेको हो। गएको कात्तिक १० गते अल्पमतमा परेको एमाले नेतृत्वको सरकारको बहिर्गमनसँगै बागमतीमा हाल गठबन्धनको सरकार छ।नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनमा बनेको प्रदेश सरकारले दलमाझ भागबण्डा पुर्‍याउन ८ वटा मन्त्रालय&

बागमतीमा एक भोटको कमाल ! काँग्रेस अभागी, एमाले–माओवादी ‘लक्की’

हेटौंडा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै वागमती प्रदेशको सत्ता समीकरणमा रोचक परिदृश्य देखिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादी तीनै दलको भूमिका फगत एक भोटमा अड्किएको छ । बागमती प्रदेश सभामा कुल ११० जना सदस्य छन् । नेकपा एकीकृत हुँदा उसँग ८० जना सांसद थिए । पार्टी विभाजनपछि एमालेसँग सभामुखसहित ५७ सांसद छन् भने माओवादी केन्द्रसँग २३ जना छन् ।प्रदेश सरकार गठनका लागि ५६ सदस्यको समर्थन चाहिन्छ । सरकार चलाइरहेको एमालेसँग सभामुखबाहेक ५६ सांसद छन् । एकजना प्रदेशसभा सदस्य निर्णायक हुँदा एमालेको स

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै

नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।