बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]