महिला सशक्तीकरण लोकतन्त्रकै देन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रकै कारण महिलाहरू अगाडि आउन सफल भएको बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले विगतमा महिलाहरू शिक्षाबाट वञ्चित भएको, उनीहरूलाई घरभित्र सीमित गराइएको अवस्थाबाट अहिले उल्लेखनीय सुधार आएको बताए।