दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

नारायणगढ (चितवन) । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए […]