गगन–विश्वप्रकाशलगायतको भाग्य फैसला हुँदै, तस्बिरमा हेर्नुहोस् मतगणना

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । मतगणनाबाट युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरुको भाग्य फैसला हुनेछ । काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार भृकुटीमण्डपमा मतदान भएको थियो भने मतपेटिका पार्टी कार्यालयमा लगेर राखिएको थियो । यसअघि सभापति र उपसभापति पदको मतगणना गरेर आजदेखि महामन्त्री पदको मतगणना थालिएको हो । महामन्त्रीको दौडमा गगन–विश्वप्रकाशसहित ६ जना उम्मेदवार छन्